गदाल र थापालाई छिन्नलता
काठमाडौं : छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको छिन्नलता गीत पुरस्कार गीतकारद्वय ज्ञानेन्द्र गदाल र शिवशंकर थापालाई प्रदान गरेको छ।
गुठीले संगीत र गायन क्षेत्रका विशिष्ट व्यक्तित्वहरू शान्ति ठटाल, बसन्त क्षेत्री, संगीता प्रधान राना, राजनराज शिवाकोटी, मेलिना चाम्लिङ राईलाई पनि पुरस्कृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीमार्फत् सबै स्रष्टालाई पुरस्कार गरेका हुन्। २०७४ सालको छिन्नलता गीत पुरस्कार ग्रहण गर्न स्रष्टा गदाल अमेरिकाबाट स्वदेश आएका थिए।
‘दिन ढल्यो अँधेरी रातमा...’ लगायतका लोकप्रिय गीत लेख्ने उनी विदेशमा रहेर पनि सिर्जनामा सक्रिय छन्।
थापा नेपाली आधुनिक गीतका सफल गीतकार हुन्। दीप श्रेष्ठद्वारा संगीतवद्ध ‘विधुवालाई सिन्दुरको रहर’, ‘भन्थिन् मेरी उनी’ लगायतका गीत थापाले लेखेका हुन्।
प्रतिक्रिया दिनुहोस !