पछिल्लो २४ घण्टामा २ हजार ५५६ सवारीचालक ट्राफिक कारबाहीमा

पछिल्लो २४ घण्टामा २ हजार ५५६ सवारीचालक ट्राफिक कारबाहीमा
सुन्नुहोस्

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
    
कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका १०६,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जना रहेका छन्।

    
ट्राफिकका प्रहरीका अनुसार  ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कूल २ हजार ५५६ जनालाई कारबाही गरिएको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.