प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १०.९९ अंकले बढेर २७११.४६ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ७४ वटा स्क्रिप्सको १० लाख ३६ हजार ७३९ कित्ता सेयर १ अर्ब २० करोड ५१ लाख ३० हजार ६५५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !