बाघचाल प्रतियोगिता हुँदै

बाघचाल प्रतियोगिता हुँदै

काठमाडौं : राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ। मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुन लागेको हो। 

नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। कार्यक्रम साउन ११ र १२ गते हुनेछ। काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा हुने प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता जनाउने पाइने छ।

बाघचाल प्रतियोगितामा सहभागिताका आवेदन समेत खुल्ला भइसकेको छ। २०७५ साल साउन २ गते साझँ ५ बजेसम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइने छ। म्याद नाघी आएको आवेदन मान्य नहुने आयोजकले बताएका छन्। 

आवेदन शुल्कको रुपमा प्रतियोगिले १५० रुपैयाँ शसुल्क बुझाउने पर्नेछ। उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन्। कार्यक्रमका प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमसः ५५००, ३५०० र २५०० रुपैंयाका साथै शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछन्। 

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएका पूर्व खेलाडीलाई सम्मान गरिने छ। सम्मानित हुने खेलाडीमा पूर्व राष्ट्रिय खेलाडीः राम्जी प्रसाद बज्रचार्य (कराँते, दिपक बिष्ट (तेकवान्दो, बिनोद दास  क्रिकेट ,सारादेबी तामाङ( ब्याडमिन्टन (नेपाल आर्मी), दिपक महर्जन–बक्सिग, आङ बाबु लामा –ऊशु ,भरत शाह( भलिबल  (नेपाल पुलिस), ममता चौधरी (महिला क्रिकेट (सशत्रप्रहरी बल), जितबहादुर केसी  एथलेटिक्स , तारादेवी पुनमगर  भारत्तोलन, रञ्जना धामी–प्यारा ओलम्पिक (अपाङ्ग)  र सोमबहादुर सुनुवार  प्यारा ओलम्पिक (अपाङ्ग) रहेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.