निर्वाचन आयोग पुगे ओली-दाहाल (फोटो फिचर)
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठकपछि ओली र दाहाल दुवैजना नयाँ पार्टीका नेताहरुसहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।
दुवै नेता आयोग पुग्दा प्रमुख आयुक्ता डा. अयोधीप्रसाद यादवले स्वागत गरेका थिए । उनीहरुले नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन दिएर राष्ट्रिय सभागृहतर्फ अघि बढेका छन् ।








प्रतिक्रिया दिनुहोस !