वनमा बिरुवा नउम्रिएपछि ड्रोनमार्फत बीउ छर्न थालियो

वनमा बिरुवा नउम्रिएपछि ड्रोनमार्फत बीउ छर्न थालियो
सुन्नुहोस्

रसुवा : लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।
२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो ।

सामुदायिक वन समूहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० किलो बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी अनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभर जस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ ।

लामो समयदेखि डढेलोले कालो बनेको वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेको तामाङले बताए । विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा झण्डै साढे ४ सय हेक्टर वन उजाड बनेको थियो । त्यहाँ रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ ठूला रुखहरू तथा विभिन्न वनस्पति नष्ट भएका थिए ।

nullदुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो । 
डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ । यसअघि रोपिएका विरुवा खुल्ला चरिचरन भएकाले चौरीले खाने भएकाले ड्रोनबाट बीउ छर्न लागिएको स्थानीय फुर्पु तामाङले बताए । 

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत पनि बचत हुने बताए । ‘डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्व समेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ’, उनले भने ।

अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । डढेलोबाट १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका ठूला रुख नष्ट भएको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ ।  अघि पुनः स्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबार समेत गरिएको छ ।

ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित सामुदायिक वन क्षेत्रको पुनः स्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको जार्सागोठेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमासाङजे तामाङले बताए । जलेर कालो भएको वनमा पुनः हरियाली बढाएर पर्यापर्यटन तथा अन्य सम्भावना रहेको तामाङ बताउँछन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.