गेटामा तत्काल चिकित्सा शिक्षाको पढाइ नभए अनसन बस्ने मेयर हमालले दिए चेतावनी

गेटामा तत्काल चिकित्सा शिक्षाको पढाइ नभए अनसन बस्ने मेयर हमालले दिए चेतावनी
सुन्नुहोस्

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालु शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसको पढाइ सुरू नभए र ३०० शय्याको अस्पताल सञ्चालनमा नआए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन् ।

सोमबार डोटीको बुडरबाट मेयर हमालले यस्तो घोषणा गरेका हुन् । उनले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले अब थप ढिलाइ गर्न नहुने बताए ।

‘यसै शैक्षिक सत्रदेखि गेटामा एमबीबीएस अध्ययन सुरू हुनुपर्छ । साथै तीन सय शय्याको अस्पताल सञ्चालनमा आउनैपर्छ । यदि सरकारले यी काम पूरा गर्न सकेन भने म पनि अनसन बस्न तयार छु । भविष्यमा त्यस आन्दोलनको नेतृत्व गर्न पनि तयार छु,'फेसबुक लाइभमा उनले भनेका छन् ।

मेयर हमालले सुदूरपश्चिम प्रदेशमा हालसम्म सरकारी वा निजी कुनै पनि मेडिकल कलेज सञ्चालनमा नरहेको उल्लेख गर्दै यस क्षेत्रका विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर जान बाध्य भएको तथा बिरामीसमेत उपचारका लागि काठमाडौं,नेपालगन्ज वा भारत धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे ।

हाल गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर प्राध्यापक डा. गोविन्द केसी विगत बिहीबारदेखि अनशनरत छन् । उनले विश्वविद्यालयमा हालै नियुक्त भएका उपकुलपति र रजिस्ट्रारको नियुक्तिमा असहमति जनाउँदै नियुक्ति खारेज गर्नुपर्ने,विश्वविद्यालयलाई पारदर्शी र विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने तथा गेटामा तत्काल एमबीबीएस पढाइ र तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् ।

मेयर हमाल सोमबार डोटीको बुडर हुँदै बैतडी र दार्चुलाका धार्मिक स्थलहरूको भ्रमणका लागि प्रस्थान गरेका छन् । यस क्रममा उनले गेटा मेडिकल विश्वविद्यालय सञ्चालनमा ढिलाइ भए त्यसको विरोधमा आफू पनि आन्दोलनमा उत्रिन तयार रहेको स्पष्ट पारेका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.