परीक्षा सुरु भएको केही समयमै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति पक्राउ

परीक्षा सुरु भएको केही समयमै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति पक्राउ
सुन्नुहोस्

काठमाडौं : परीक्षा सुरु भएको केही समयमै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बस्ने ३३ वर्षीय संदिप सिंह रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई मध्यपुर थिमी नगरपालिका- १ बाट पक्राउ गरेको हो। 

शुक्रबार एमबीएसको ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा दिउँसो १२ बजेदेखि सञ्चालन भएको थियो। परीक्षा सुरु भएको केही समयपछि एक हजारभन्दा बढी सदस्य भएको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र सार्वजनिक भएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.