भन्सार छलेर ल्याउँदै गरेको ३२ बोरा चिनी बरामद

भन्सार छलेर ल्याउँदै गरेको ३२ बोरा चिनी बरामद
फाइल तस्बिर ।

झापा : काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ ।  

बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख १२ हजार, पिकअपको १० लाख तथा मोटरसाइकलको २ लाख गरी जम्मा १३ लाख १२ हजार बराबर रहेको जनाइएको छ । बरामद गरिएको चिनी, पिकअप र मोटरसाइकल आवश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र स्रोतका अनुसार सो चिनीसहितका दुई वटै सवारीसाधन बिर्तामोडका कारोबारी पिन्टु साहको रहेको जनाएको छ । साहले काँकडभिट्टाबाट दैनिक लाखौँ मुल्य बराबरको खाद्यान्न सामग्रीसहित लत्ताकपडा लगायतका सामान भन्सार छलेर भित्राउँदै आइरहेको छ । कारोबारी साहले काँकडभिट्टामा खटिएका सुरक्षाकर्मीहरूलाई समेत मासिक रुपमा लाइन बुझाउँदै खुलेआम रुपमा भन्सार छलेका सामान बिर्तामोडसम्म ल्याउँदै आइरहेका छन् ।

उनले सशस्त्रका कारबाहीमा परेका हरि मगरलाई लाइन बुझाएर काम गर्दै आइरहेका थिए । मगर कारबाहीमा परेपछि उनको सामान सशस्त्र प्रहरीले बरामद गरेको कारोबारी स्रोतको दाबी छ । बिर्तामोडमा आउने ठूलो मात्राका खाद्यान्न सामग्री साह बाहेक अरू कसैले पनि भित्राउन नसक्ने स्रोतको दाबी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.