चन्द्रगिरीको तीनथानामा ट्रक र स्कुटर ठोक्किए, दुईजनाको मृत्यु

चन्द्रगिरीको तीनथानामा ट्रक र स्कुटर ठोक्किए, दुईजनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान ०२:५८ बजेतिर सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बी एण्ड बी अस्पताल, ग्वार्को, ललितपुर रिफर गरिएको थियो ।

दुर्घटनामा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपाल र ५६ वर्षीया शुभद्रा कुमारी नेपालको मृत्यु भएको हो।

दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.