बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी सडकखण्ड पूर्णरुपमा अवरुद्ध

बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी सडकखण्ड पूर्णरुपमा अवरुद्ध
तस्बिर : अन्नपूर्ण

रसुवा : वर्षातका कारण बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । नियमित परेको अविरल वर्षा र चीन तर्फबाट बहने भोटेकोसी र लेन्देखोलामा आएको बाढीले सडक कटान गरेपछि मैलुङ-स्याफ्रुबेसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । 

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार उत्तरगया गाउँपालिका १ मैलुङ्गदेखि वडा नं ५ खाल्टे क्षेत्र र कालिका गाउँपालिका–१ गुम्चेतस्थित गल्छी–त्रिशुली–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा त्रिशूली नदीको बाढीले सडक कटान ढुङ्गा,लेदो र माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

अन्तर्राष्ट्रिय नाका रसुवागढी जाने छोटो मार्ग भएपनि दायाँबायाँ भिरालो पाखो रहेकाले जतिबेला पनि ढुङ्गा खस्ने कारण जोखिम हुनाले यो सडक वर्षातको समयमा बन्द हुने गर्दछ । लगातारको वर्षाले पहिरोको जोखिम बढेपछि अन्तर्राष्ट्रिय नाका जोड्ने बेत्रावती -मैलुङ्ग -स्याफ्रुबेसी सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए । सडक माथिबाट ढुङ्गा खस्ने जोखिम रहेकाले वर्षातको समयमा सडक बन्द गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.