एमाले र नेकपाबीच कार्यगत एकता,  कुन प्रदेशमा कसको सरकार ?

एमाले र नेकपाबीच कार्यगत एकता,  कुन प्रदेशमा कसको सरकार ?
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : लामो समयको छलफलपछि नेकपा एमाले र नेपाली कम्युनष्टि पार्टी (नेकपा) ले राजनीतिक कार्यगत एकता गर्ने निर्णय गरेका छन् । 
एमाले र नेकपाले सातै प्रदेशमा सरकार गठन समेत गर्ने गरी तीन बुँदे सहमतिको निर्णय गर्दै शनिबार कार्यगत एकता गरेका हुन् ।

आज भएको निर्णायक वार्तापछि भएको तीन बुँदे सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् । सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।

यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिमा जनाइएको छ । यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार गरिने सहमति पत्रमा उल्लेख छ । 

सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था र राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्याहरु हल गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उल्लेख छ ।
 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.