पत्नीले उपहारमा दिएकी थिइन् कार, श्रीमानले त्यही गाडीभित्र राखेर हाने गोली
भारत : उत्तर प्रदेशको मुरादाबादकी २३ वर्षीया अदीला रहमान बेपत्ता भएको घटनामा सनसनीपूर्ण खुलासा भएको छ । अदीला जुन २५ मा हैदराबादस्थित उस्मानिया विश्व विद्यालयमा एलएलबी दोस्रो वर्षको परीक्षा दिन जाँदैछु भनेर घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् ।
अनुसन्धानका क्रममा प्रहरीले अदीलाको हत्या उनकै श्रीमान् गुलफाम अली ले जुन ३० मा महिन्द्रा थार एसयूभी गाडीभित्र गोली हानेर गरेको जनाएको छ । उक्त थार गाडी अदीलाले नै श्रीमानलाई उपहार स्वरूप दिएकी थिइन् । प्रहरीका अनुसार अदीला चाहन्थिन् कि गुलफामले आफ्ना परिवारसँग सम्बन्ध तोडून् । यही विषयलाई लिएर दुवैबीच बारम्बार विवाद हुने गरेको थियो ।
प्रेम विवाहपछि बढ्यो पारिवारिक विवाद
अनुसन्धानका क्रममा प्रहरीले गुलफाम अली पुरानो ज्यान मार्ने प्रयाससम्बन्धी मुद्दामा रामपुर जेलमा रहेको पत्ता लगायो । अदालतको अनुमति लिएर प्रहरी टोलीले जेलमै पुगेर सोधपुछ गर्दा उनले हत्या स्वीकारेका हुन् ।
कारभित्र गोली हानेर हत्या
प्रहरीका अनुसार गुलफामले यसै वर्ष अप्रिलमा अजमेर शरीफमा अदीलासँग प्रेम विवाह गरेका थिए । दुवै नोएडामा भाडाको फ्ल्याटमा बस्दै आएका थिए । अदीलाले नै गुलफामका अधिकांश खर्च बेहोर्ने गर्थिन् र उनलाई थार गाडी पनि उपहार दिएकी थिइन् । प्रहरीको भनाइअनुसार अदीला चाहन्थिन् कि गुलफामले आफ्ना परिवारसँग सम्बन्ध विच्छेद गरून् ।
यही विषयमा दुवैबीच पटक–पटक झगडा हुने गरेको थियो । जुन ३० मा दिल्लीबाट मुरादाबाद फर्किने क्रममा जोयामा गुलफाम थार गाडी लिएर अदीलालाई लिन पुगेका थिए । गाडीभित्र फेरि विवाद चर्किएपछि उनले रिसको आवेगमा दिल्ली–लखनउ राजमार्गस्थित पुरानो टोल नजिक कट्टाबाट अदीलाको कनपटीमा गोली हाने । हत्यापछि उनले शव गाडीमा राखेर रुड्कीको मंगलौर क्षेत्रस्थित नहरमा फाले । त्यसपछि आफूविरुद्ध प्रहरीको शंका नजाओस् भनेर पुरानै मुद्दामा रामपुर अदालतमा आत्मसमर्पण गरी जेल गएका थिए ।
‘बेवारिसे’ ठानेर अन्त्येष्टि
हत्यापछि नहरमा फालिएको शव जुलाई ४ मा स्थानीय प्रहरीले फेला पारेको थियो । शवको पहिचान गराउन धेरै प्रयास गरिए पनि ७२ घण्टासम्म कुनै जानकारी नआएपछि कानुनी प्रक्रिया अनुसार बेवारिसे शवका रूपमा अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !