करदाता त्रसित होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री

करदाता त्रसित होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित नबनाई खुसी पारेरै कर उठाउन निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभाग लाजिम्पाटमा बिहीबार कर अधिकृतहरूलाई सम्बोधन गर्दै डा. वाग्लेले कर संकलनको नाममा करदातालाई त्रास नदिन भनेका हुन्।

‘कर प्रशासनमा सुधार भएको अनुभूति दिनुपर्छ र कर तिर्न बोझ होइन, जिम्मेवारी हो भन्ने करदातामा भाव आउने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘करको दायरा विस्तार गर्न भने जरुरी छ।’डा. वाग्लेले अब्बल काम गरेर राज्यलाई लाभ दिलाउने कर्मचारीलाई प्रोत्साहन गर्ने बताए। उनले कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिको अभाव भए जानकारी गराउनसमेत भनेका छन्।

  •  ‘कर प्रशासनमा सुधार भएको अनुभूति दिनुपर्छ र कर तिर्न बोझ होइन, जिम्मेवारी हो भन्ने करदातामा भाव आउने गरी काम गर्नुपर्छ ।’ 
  •  आगामी आवको १६ खर्बको राजस्व लक्ष्य पूरा गर्न करदातालाई सहजीकरण गर्नुपर्नेमा अर्थमन्त्रीको जोड।

आगामी आर्थिक वर्षको १६ खर्बको राजस्व लक्ष्य पूरा गर्न कर प्रशासनबाट करदातालाई सहजीकरण गर्नुपर्नेमा उनको जोड थियो। उनले आगामी चार आर्थिक वर्षको बजेटले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए।

उनका अनुसार बजेटमा दिइएको छुट कार्यान्वयन गर्न, करदाता प्रोत्साहन गर्न, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउनका लागि विभागीय नेतृत्वले अग्रसरता लिनुपर्ने छ। त्यस्तै, उनले कर्मचारीको वृत्ति विकास कामको आधारमा हुने स्पष्ट पार्दै सरुवाका लागि सोर्सफोर्स नलगाउन कर्मचारीहरूलाई सुझाए।  उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका लिए। कार्यक्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई लक्ष्य अनुसार कर संकलनमा लाग्न निर्देशन दिएका थिए।

उक्त अवसरमा विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको सांगठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।


‘नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रयासरत छ’

अर्थमन्त्री डा. वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रयासरत रहेको बताएका छन्। 

कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाए नेपाल ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने सक्ने उनको भनाइ छ। राजस्व विभागमा कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मसिनो गरी हेर्न जोड दिए।  उनले यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै सरकारले बनाउन चाहेको आगामी अर्थतन्त्रको 
आधार कोर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.