सेयर बजारमा उचारचढाव : नेप्से परिसूचक १४ अंकले बढ्यो, ४ अर्बमा झर्‍यो कारोबार

सेयर बजारमा उचारचढाव : नेप्से परिसूचक १४ अंकले बढ्यो, ४ अर्बमा झर्‍यो कारोबार
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा उचारचढाव कायमै रहेको छ। साताको चौथो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा कायम भएको छ।

साताको  दुई कारोबार दिन सोमबार र मंगलबार नेप्से परिसूचक  सकारात्मक देखिएको थियो।  तेस्रो कारोबार दिन बुधबार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा अडिएको थियो।

मंगलबार नेप्से परिसूचक ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार परिसूचक  ४१.७० अंकले वृद्धि भएको थियो। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको थियो।

नेप्से बढेपनि कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन  ३३८ वटा स्क्रिप्सको १ करोड ७७ हजार २२२ कित्ता सेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँमा खरिदबिक्री भए। बुधबार  ५ अर्ब  १८ करोड मूल्य बराबरको कारोबार भएको थियो। 

कारोबारमा आएकामध्ये १५३ वटा स्टक्सको मूल्य बढ्दा १११ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एभरेष्ट कलर लिमिडेटको सेयर १४.९९ प्रतिशतले बढ्दा स्नो रिभर्सको १३.७१ र अपोलो हाइड्रोपावरको सेयर ११.०४ प्रतिशतले बढ्यो।

कुथेली भुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो हाइड्रोपावरले सेयर १५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्स मिल्ल शीर्षस्थानमा रह्यो। सो कम्पनीले २८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। आँखु खोला जलविद्युतले २७ करोडको सेयर कारोबार गर्दा रिडी पावरको २४ करोड,सोलु हाइड्रोपावरको १७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

इन्भेष्टमेन्ट र अदर्श समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.