प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.९१ अंकले घट्यो
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.९१ अंकले घटेर २६९५.६३ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ७० वटा स्क्रिप्सको २२ हजार ५५ कित्ता सेयर १ करोड १९ लाख ८४ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए।
यो समयमा कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा ५५ वटाको घट्यो। १ वटा स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
४