बलात्कारको प्रयास गर्नेमाथि खुकुरी प्रहार, चोट लागेपछि फरार रहेका एक जना पक्राउ
काठमाडौं : रामेछापको खाँडादेवीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। खाँडादेवीमा आफ्नै घर कोठामा एक्लै सुतिरहेकी महिलामाथि बलात्कारको प्रयास गर्ने तिलक बहादुर नेपालीलाई मन्थलीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।
उनका अनुसार सोमबार बिहान २ बजेको घरको ढोका एक्कासी फोडीभित्र प्रवेश गरी जबरजस्ती करणी गर्न खोज्दा पीडितले खुकुरी लिई प्रतिकार गर्दा प्रतिवादीको बाँया पातामा चोट लाग्न गई करणी गर्न नपाई नेपाली फरार भएका थिए। प्रहरी टोलीले जानकारी पाएलगत्तै खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो।
राउतले रामेछाप जिल्ला अदालतबाट मिति बुधबार ७ दिनको म्याद थप गरी मुद्दामा थप अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !
३