बनेपा धुलिखेल सार्वजनिक बसमा पाकेट मार्ने ४ जना पक्राउ

बनेपा धुलिखेल सार्वजनिक बसमा पाकेट मार्ने ४ जना पक्राउ
सुन्नुहोस्

काभ्रे : बनेपा धुलिखेल पनौतीको सार्वजनिक बसमा पाकेट मारेर नगद चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन विष्टका अनुसार पक्राउ पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ ३० वर्षीय आकाश भन्ने विनोद आलेमगर, ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, ३० वर्षीय सोनाम लामा र मकवानपुरको फापरबारीका ३५ वर्षीय बालकृष्ण मगर पक्राउ परेका हुन्।

उनीहरूलाई बिहीबार बनेपा नगरपालिका–८ स्थित तीनदोबाटोमा काठमाडौं जाने बस चढेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। यसअघि बुधबार उनीहरू पनौतीबाट काठमाडौं जाँदै गरेको सार्वजनिक बसमा सवार तीर्थबहादुर तामाङको जुहारीकोट काटेर नगद चोरी गरी फरार भएका थिए। 

पक्राउ परेकामध्ये सोनाम लामा यसअघि पनि चोरीकै मुद्दामा पक्राउ परेका थिए। जेनजी आन्दोलनका क्रममा उनी जेलबाट भागेको खुलेको प्रहरीले जनाएको छ। यस्तै, आकाश भन्ने विनोद आले मगर अभद्र व्यवहार, लागुऔषध र चोरीको घटनामा पटक–पटक पक्राउ पर्ने गरेको डीएसपी विष्टले जानकारी दिए।

अर्का रिक्सन तामाङ भन्ने श्याम तामाङ पनि काठमाडौंमा विभिन्न ७ वटा मुद्दामा संलग्न रहेको देखिएको उनले बताए। उनीहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.