नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं : आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। जारी श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग दिउँसोको २:४५ बजे प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा नेपाल नामबियासँग ८ विकेटले पराजित भएको थियो। शीर्ष ४ मा रहँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन नेपालका लागि यो श्रृङ्खला निकै महत्वपूर्ण रहेको छ।
हालसम्म लिग २ को २९ खेल खेलेको नेपालले ११ जित, १६ हार र २ खेल नतिजाविहीन बन्दा २४ अङ्क लिएर पाँचौं स्थानमा रहेको छ। नेदरल्यान्ड्स भने २८ खेल खेल्दै १४ जित १० हार र चार खेलमा नतिजा विहीन भन्दा ३२ अंक लिएर शीर्ष ३ मा रहेको छ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, भिम सार्की, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दिप लामिछाने, ललित राजबंशी, विनोद भण्डारी र अर्जुन कुमाल
प्रतिक्रिया दिनुहोस !