पत्रकारको नजरमा मेसी उत्कृष्ट

पत्रकारको नजरमा मेसी उत्कृष्ट

काठमाडौं : अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को उपाधि जित्न सकेन। फाइनलमा स्पेनसँग पराजित हुँदै साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्वकप जित्ने सपना अधुरै रह्यो। तर, टोलीले उपाधि गुमाए पनि अर्जेन्टिनाका कप्तान लियोनल मेसीको व्यक्तिगत प्रभाव भने विश्व फुटबलमा अझै उस्तै देखिएको छ। विश्वभरका खेल पत्रकारको मतदानमा मेसीलाई विश्वकप २०२६ को उत्कृष्ट खेलाडीका रूपमा छनोट गरिएको छ।

अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)अन्तर्गत भएको विश्वव्यापी मतदानमा मेसीले सबैभन्दा बढी मत पाएका थिए। ३९ वर्षको उमेरमा विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिएका मेसीले सम्भावित आफ्नो अन्तिम विश्वकप यात्रालाई उपाधिसँग टुंग्याउन नसके पनि प्रदर्शन, नेतृत्व र निर्णायक क्षणमा देखाएको प्रभावका कारण पत्रकारहरूको रोजाइमा आफूलाई शीर्ष स्थानमा राख्न सफल भएका हुन्। मतदानमा १ सय २१ देशका ४ सय ७२ पत्रकार सहभागी भएका थिए।

मेसीका लागि यो सम्मान केवल अर्को व्यक्तिगत उपलब्धि मात्र होइन, उनको लामो विश्वकप यात्राको अर्को महत्वपूर्ण अध्याय पनि हो। सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले त्यसयता पाँचवटा विश्वकप खेलेका छन्। जर्मनीमा भएको २००६ विश्वकपदेखि २०२६ सम्म आइपुग्दा उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीका सबैभन्दा प्रभावशाली खेलाडी मात्र बनेनन्, विश्वकप इतिहासकै सर्वाधिक चर्चित र सफल खेलाडीमध्ये स्थापित भए।

कतारमा भएको सन् २०२२ विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएपछि मेसीले आफ्नो सबैभन्दा ठूलो अधुरो सपना पूरा गरेका थिए। तर, २०२६ मा उनको चुनौती फरक थियो। उमेरले ३९ वर्ष पुगेका मेसीका लागि यो विश्वकप आफ्नो अन्तर्राष्ट्रिय करियरको सम्भावित अन्तिम ठूलो परीक्षा थियो। शारीरिक रूपमा पहिलेभन्दा कमजोर देखिए पनि उनको खेल्ने शैलीमा आएको परिपक्वता, अनुभव र निर्णय क्षमताले उनलाई अझै प्रभावशाली देखायो।

अर्जेन्टिनाको यात्रा फाइनलसम्म पुग्दा मेसी टोलीका प्रमुख आधार बनेका थिए। उनले गोल मात्र गरेनन्, आक्रमण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विपक्षीको रक्षापंक्तिलाई आफ्नो वरिपरि केन्द्रित गराउँदै उनले अन्य खेलाडीका लागि अवसर सिर्जना गरेका थिए। बल नियन्त्रण, पास, खेलको गति परिवर्तन गर्ने क्षमता र निर्णायक समयमा सही निर्णय लिने उनको शैलीले अर्जेन्टिनालाई कठिन खेलमा पनि अब्बल सावित गरेको थियो।

यस विश्वकपमा मेसीको प्रदर्शन तथ्यांकका आधारमा पनि प्रभावशाली मानिएको छ। अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्यांक महासंघले उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषणा गर्दै सात खेलमा ६२६ मिनेट खेलेको, आठ गोल र चार असिस्ट गरेको तथा ८.३३ को औसत रेटिङ हासिल गरेको उल्लेख गरेको छ। 

मेसीको विश्वकप यात्रा गोल र असिस्टमा मात्र सीमित रहेन। उनी अर्जेन्टिनाको नेतृत्व गर्ने खेलाडीका रूपमा मैदानभित्र र बाहिर दुवै भूमिकामा देखिएका थिए। कठिन परिस्थितिमा टोलीलाई सम्हाल्ने, युवा खेलाडीलाई आत्मविश्वास दिने र निर्णायक खेलमा जिम्मेवारी लिने उनको क्षमताले पनि उनलाई पत्रकारहरूको रोजाइमा पार्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

अर्जेन्टिना फाइनलमा स्पेनसँग पराजित भएपछि मेसीको विश्वकप यात्राको अन्तिम अध्याय पनि भावनात्मक रूपमा टुंगिएको छ। स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो नाममा लेखाउँदा मेसीले दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने अवसर गुमाएका थिए। तर, हारपछि पनि उनले युवा पुस्ताका खेलाडीलाई सम्मान र शुभकामना दिँदै आफ्नो महान् खेलाडीको छवि अझ बलियो बनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.