दिल्लीमा किन गरियो १६ वटा मेट्रो स्टेशन बन्द गर्न आदेश ?
भारत : दिल्ली मेट्रो रेल निगम (डीएमआरसी) ले बुधबार बिहान ११ः२७ बजे सूचना जारी गर्दै १६ वटा मेट्रो स्टेशन अर्को आदेश नभएसम्म बन्द रहने जनाएको छ ।
डीएमआरसीले सामाजिक सञ्जाल एक्समार्फत स्टेशनहरूको सूची सार्वजनिक गर्दै भनेको छ, ‘यी मेट्रो स्टेशनहरू अर्को आदेश जारी नभएसम्म बन्द रहने छन् । तर, राजीव चौक, मण्डी हाउस र सेन्ट्रल सेक्रेटेरियट स्टेशनमा इन्टरचेन्ज (लाइन परिवर्तन) सेवा भने उपलब्ध रहनेछ ।’ मेट्रो स्टेशन किन बन्द गर्न भनिएकोबारे सूचनामा कुनै कुरा खुलाइएको छैन ।
बन्द गरिएका १६ मेट्रो स्टेशनहरूः
राजीव चौक
पटेल चौक
रामकृष्ण आश्रम मार्ग
बाराखम्बा रोड
सुप्रिम कोर्ट
सेवा तीर्थ
जनपथ
मण्डी हाउस
सेन्ट्रल सेक्रेटेरियट
आईटीओ
दिल्ली गेट
इन्द्रप्रस्थ
खान मार्केट
जोर बाग
शिवाजी स्टेडियम
प्रतिक्रिया दिनुहोस !
२