एआई प्रविधि अर्थतन्त्रको रूपमा विकास भइरहेको छ : अकिन अध्यक्ष अमरासेकेरा

एआई प्रविधि अर्थतन्त्रको रूपमा विकास भइरहेको छ : अकिन अध्यक्ष अमरासेकेरा
सुन्नुहोस्

काठमाडौं : अकिनका अध्यक्ष सुरेन जे.अमरासेकेराले पछिल्लो पटक विकसित हुँदै आएको एआई प्रविधि अर्थतन्त्रको रूपमा विकास भइरहेको बताएका छन्।

काठमाडौंमा आज आयोजित अन्नपूर्णपोस्ट्को सुपर एप सम्पूर्ण लन्च समारोहमा सम्बोधन गर्दै उनले मानिसको ज्ञानहरू अहिले एआईमार्फत अर्थतन्त्रको रूपमा विकास भएको बताएका हुन्।

उनले अहिले प्रविधि एक भाषामा भएपनि यसलाई अन्य भाषामा पनि रुपान्तरण गर्दै लैजान सकिने बताए। एआईमा आधारित यस एपले आम नेपालीलाई समेटेर लैजाने उनको भनाइ छ। 

उनले एआई प्राविधिक विषय भएकाले यसलाई परिमार्जन गर्दै लैजान सकिने बताए। सुपर एपमा प्रतिक्रियाअनुसार परिमार्जन गर्दै लगिने उनको भनाइ छ। 

विगत २५ वर्षदेखि अन्नपूर्ण मिडियाले पुर्‍याएको योगदानलाई कदर गर्दै उनले क्याप्टेन रामेश्वर थापालाई बधाइ दिएका थिए। ‘अकिन’को सहकार्यमा अन्नपूर्ण मिडिया नेटवर्कको डिजिटल कोसेली ‘सम्पूर्ण’ लन्च भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.