नवलपुर जिल्लामा नै पहिलो पटक आईसीयू सेवा सुरु

नवलपुर जिल्लामा नै पहिलो पटक आईसीयू सेवा सुरु
सुन्नुहोस्

नवलपुर : नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालले जिल्लामै पहिलो पटक सघन उपचार कक्ष (आईसीयू) सेवाको सुरुवात गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले शुक्रबार १० बेड क्षमताको आईसीयू कक्षको शुभारम्भ गरेका हुन्।

आईसीयूसँगै अस्पतालमा ४ बेड क्षमताको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र तीनवटा अत्याधुनिक शल्यक्रिया कक्ष (ओटी) को समेत शुक्रबार नै शुभारम्भ गरिएको छ। यसअघि आईसीयूमा राखेर उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीहरूलाई जिल्ला अस्पतालले छिमेकी जिल्ला चितवन वा काठमाडौँ रेफर गर्ने गरेको थियो। यो सेवा सञ्चालनमा आएसँगै रेफर हुनुपर्ने बाध्यताको अन्त्य भएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले जिल्लामै पहिलो पटक आईसीयू सेवा सुरु हुनु नवलपुरको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए। 'लामो प्रयास र पर्खाइपछि हामी जिल्लावासीलाई यो सेवा दिन सफल भएका छौँ,’ अब सामान्यदेखि जटिल उपचारका लागि समेत महँगो खर्च गरेर जिल्लाबाहिर दगुर्नुपर्ने बाध्यता हटेको छ,’ घिमिरेले भने। उनका अनुसार जनशक्ति र प्रविधिको उचित व्यवस्थापन गर्दै विपन्न नागरिकको पहुँचमा यो सेवा पुर्‍याइने छ।

टहरोबाट १८ वर्षअघि उपचार सेवा सुरु गरेको मध्यविन्दु प्रादेशिक अस्पतालले चार तले पक्की भवनबाट सेवा सुरु गरेपछि यी सुविधाहरू थप भएका हुन्। महायज्ञ लगाएर २०६४ सालमा मध्यविन्दु सामुदायिक स्मृति अस्पतालको नामबाट सेवा सुरु गरेको अस्पतालले २०८१ फागुन अन्तिम सातादेखि चार तले पक्की भवनबाट सेवा सुरु गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.