इरानमाथि अमेरिकाको लगातार छैटौँ दिन आक्रमण, हर्मूजमा तनाव कायमै

इरानमाथि अमेरिकाको लगातार छैटौँ दिन आक्रमण, हर्मूजमा तनाव कायमै
फाईल तस्बिर
सुन्नुहोस्

काठमाडौं : अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानमाथि आक्रमण गरेको जनाएको छ। स्ट्रेट अफ हर्मूज (हर्मूज जलडमरुमध्य) माथिको नियन्त्रणलाई लिएर दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यस आक्रमणको मुख्य उद्देश्य 'इरानको सैन्य क्षमतालाई थप कमजोर पार्नु' हो। यसका साथै, कमान्डले हर्मूज स्ट्रेटको नाकाबन्दी अन्तर्गत एक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको समेत जानकारी दिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी मिसाइलहरू स्ट्रेट अफ हर्मूज नजिकै अवस्थित केसाम टापुनजिक खसेका छन्। यसका साथै आणविक प्लान्ट रहेका क्षेत्रहरू बन्दर अब्बास र बुसेहरमा पनि क्षेप्यास्त्र प्रहार भएको छ।

समाचारमा जनाइए अनुसार हर्मोजगान प्रान्तका दुईवटा पुलमा पनि आक्रमण भएको छ। बीबीसीले हर्मोजगान प्रान्तको बन्दर अब्बासको पश्चिमतर्फ रहेको एउटा पुलमा भएको आक्रमणको पुष्टि गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरान वार्तामा नफर्किएमा त्यहाँका पुल र विद्युत् गृहहरूमा आक्रमण गर्ने धम्की दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.