२० दिनदेखि अनशन बसेका सोनम वाङ्चुकको घट्यो नौं किलो तौल

२० दिनदेखि अनशन बसेका सोनम वाङ्चुकको घट्यो नौं किलो तौल
सुन्नुहोस्

भारत : नयाँ दिल्लीको जंतर–मंतरमा २० दिनदेखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुक अनशन तोड्न तयार भएका छन् । तर त्यसका लागि उनले सरकारसँग होइन, जनतासामु एउटा शर्त राखेका छन् ।

नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ककरोच जनता पार्टीको मञ्चबाट अनशन गरिरहेका वाङ्चुकले जुलाई २० मा हुने संसद मार्च सफल भए उनी अनशन अन्त्य गर्न तयार रहेको बताएका छन् । उनले त्यसका लागि जनतालाई ठूलो संख्यामा संसद मार्चमा सहभागी हुन आग्रह गरेका छन् ।

अनशनको १९ औं दिनसम्म आफ्नो ९ किलो तौल घटिसकेको बताउँदै वाङ्चुकले भिडियो सन्देशमार्फत धेरैले आफूलाई अनशन अन्त्य गर्न आग्रह गरिरहेको बताए । उनले भने, ‘मेरो शरीर कमजोर भएको छ, तर आगामी ३–४ दिनमै मर्ने अवस्था भने होइन ।’

त्यसपछि उनले जुलाई २० को संसद मार्च सफल बनाउन सबैलाई आह्वान गरे । ‘यदि यो मार्च सफल भयो भने म अनशन अन्त्य गर्न सक्नेछु’, उनले भने । यद्यपि उनले मार्च सफल भएको मापदण्ड के हुने, कति जनसहभागितालाई सफल मानिने वा संसदसम्म पुग्नुलाई नै सफलता मान्ने भन्नेबारे स्पष्ट पारेका छैनन् ।

‘मार्च सफल भयो भने ढुक्कसँग सुत्न सक्छु, अनशन पनि तोड्छु’
भिडियो सन्देशमा वाङ्चुकले भने, ‘तपाईंहरू सबैलाई ठूलो संख्यामा सहभागी भएर एउटा सानो कदम चाल्न आग्रह गर्छु । मलाई केवल अनशन तोड्न भन्नुभन्दा पनि संसद मार्चमा सहभागी हुने प्रतिबद्धता जनाउनुहोस् । मिस्ड कल गरेर पनि तपाईं आउँदै हुनुहुन्छ भन्ने जानकारी दिनुहोस् ।

आफ्नी आमालाई पनि साथमा ल्याउनुहोस्, किनकि सन्तानप्रतिको माया आमाजति कसैको हुँदैन । म चाहन्छु, यही मार्चको नेतृत्व आमाहरूले गरून् र हामीलाई संसदसम्म लैजाउन् । जुलाई २० मा तपाईंहरूसँग भेट हुनेछ । यदि यो अभियान सफल भयो भने यो मुद्दा सही हातमा पुगेको महसुस हुनेछ, म ढुक्कसँग निदाउन सक्नेछु र आफ्नो अनशन पनि अन्त्य गर्नेछु ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.