नेपालको औसत उपभोक्ता मुद्रास्फिति २.६६ प्रतिशत
१९.२ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्रा सञ्चिती
काठमाडौं : नेपालको चालु आर्थिक वर्षको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फिति २.६६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२ / ८३ का लागि मुद्रास्फिति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आवको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत देखिएको हो ।
२०८३ बैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फिति ५.०४ प्रतिशत रहेको छ । यस्तै आव २०८२ / ८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएकोमा २०८३ बैशाखमा विन्दुगत आधारमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा २०८३ बैशाख मसान्तमा कायम सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस !