मुद्रास्फीति नियन्त्रणमै, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त

मुद्रास्फीति नियन्त्रणमै, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।  सार्वजनिक प्रतिवेदन अनुसार मुद्रास्फीति नियन्त्रणमा रहे पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षा अनुसार सुस्त रहेको उल्लेख छ । चालु आर्थिक वर्षको १० महिना अवधिको समीक्षामा महिनामा विस्तृत मुद्रा प्रदाय (एम–टु) १५.२ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फ जाने कर्जा भने ६.५ प्रतिशत मात्र विस्तार भएको छ । मौद्रिक नीतिमा कर्जा वृद्धिदर १२ प्रतिशत रहने प्रक्षेपण थियो ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले निक्षेप तथा कर्जाको ब्याजदर घट्दो क्रममा रहेको प्रतिवेदनमा जनाइएको छ । विश्वव्यापी भूराजनीतिक अवस्था, अन्तर्राष्ट्रिय व्यापारमा देखिएको मन्दी, ढिलो मनसुन, अत्यधिक वर्षा, निजी क्षेत्रको कमजोर मनोबल तथा निर्माण क्षेत्रको सुस्तताका कारण अपेक्षित आर्थिक गतिविधि बढ्न नसकेको प्रतिवेदनमा औंल्याइएको छ । यसका कारण बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहमा सुस्त देखिएको छ ।

राष्ट्र बैंकले समीक्षा अवधिमा निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्‍याएको, व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट १ करोड रुपैयाँ बनाएको, शेयर धितो कर्जाको एकल सीमा १५ करोडबाट २५ करोड रुपैयाँ पुर्‍याएको तथा डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरी कृषि, लघु, घरेलु तथा साना–मझौला व्यवसायमा कर्जा प्रवाह सहज बनाउने, चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने तथा बैंकिङ प्रणालीको नियमन र वित्तीय स्थायित्व सुदृढ गर्ने विभिन्न नीतिगत सुधारहरू कार्यान्वयन गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.