मोटरसाइकलले ठक्कर दिँदा रिजालको मृत्यु
नुवाकोट : नुवाकोटको बट्टारवजारमा भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
पासाङल्हामु मार्गअन्र्तगत नुवाकोटको बिदुर नगरपालिका–४ बट्टारबजारमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ५५ बर्षीय प्रेमप्रसाद रिजाललाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए । टाउकोमा चोट लागेका रिजालको तत्काल उद्धार गरी त्रिशूली अस्पताल नुवाकोट लगिएकोमा त्यहा प्रारम्भिक उपचार गरी थप उपचारका लागि ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल लगिएको थियो ।
घाइते रिजालको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार प्रहरीले ठक्कर दिने मोटरसाइकल चालक बिदुर नपा–१ का ३० वर्षिय राजकुमार मिजारलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !