सीमा क्षेत्रमा हुने चोरी–तस्करी र अवैध कारोबार रोक्न गृहमन्त्री गुरुङको निर्देशन

सीमा क्षेत्रमा हुने चोरी–तस्करी र अवैध कारोबार रोक्न गृहमन्त्री गुरुङको निर्देशन

सुनसरी : गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध कारोबार तथा अन्य गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नंम्बर १ वराह बाहिनी मुख्यालयको निरीक्षण तथा अनुगमनका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्न र कानुन कार्यान्वयनमा दृढताका साथ परिचालन हुन निर्देशन दिएका हुन्।null

मन्त्री गुरुङले सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापनमा तत्काल र प्रभावकारी परिचालन, आर्थिक अनुशासन, व्यावसायिक आचरण तथा बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए। 

उनले नेपाल–भारत सीमामा हुने चोरी–तस्करी, अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै सुरक्षा निकायबीच समन्वय बढाएर प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरे।

वराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनीष थापाले कोशी प्रदेशको समग्र सुरक्षा अवस्था, सीमा सुरक्षा, सशस्त्र प्रहरीको परिचालन तथा विपद् उद्धार तयारीबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.