अमेरिका-इरान शान्ति सम्झौता बिथोल्न इजरायल लागिपरेको अर्दोआनको आरोप

अमेरिका-इरान शान्ति सम्झौता बिथोल्न इजरायल लागिपरेको अर्दोआनको आरोप
सुन्नुहोस्

इस्तानबुल : टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अमेरिका र इरानबीचको शान्ति सम्झौतालाई बिथोल्न इजरायललाई अनुमति दिन नहुने बताएका छन्। शनिबार इस्तानबुलमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति अर्दोआनले सो कुरा बताएका हुन्।

उनले क्षेत्रीय देशहरूको समर्थन र सहयोग बिना मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास सफल हुन नसक्ने स्पष्ट पारेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार अर्दोआनले भने, 'क्षेत्रीय देशहरूको चाहना र योगदानमा आधारित समाधान मात्र दिगो हुन सक्छ। क्षेत्रका देशहरूको समर्थन नपाएको कुनै पनि समाधान लामो समयसम्म टिक्न सक्दैन।'

राष्ट्रपति अर्दोआनले अमेरिका र इरानबीच भएको सम्झौतालाई असफल बनाउने इजरायली सरकारको प्रयासलाई आफूहरूले नजिकबाट नियालिरहेको बताए। वर्तमान इजरायली सरकार लगातार युद्धको बाटोमा हिँडिरहेको आरोप लगाउँदै उनले भने, 'इजरायललाई हाम्रो क्षेत्रलाई पुनः बारुद र रगतको गन्धमा डुबाउने छुट दिनु हुँदैन।'

अर्दोआनले यसअघि पनि पटक-पटक इजरायलमाथि अमेरिका-इरान सम्झौतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएका छन्। यसबाहेक उनले गाजा, लेबनान र सिरियामा इजरायलले गरेको सैन्य आक्रमणको पनि कडा आलोचना गर्दै आएका छन्।

यसैबीच, टर्किएका विदेशमन्त्री हकान फिदानले इजरायल यतिबेला नयाँ शत्रुको खोजीमा रहेको टिप्पणी गरेका छन्। 'सीएनएन तुर्क' सँगको कुराकानीमा विदेशमन्त्री फिदानले भने, 'जबसम्म इजरायल वा अन्य कुनै पक्षले टर्किएको राष्ट्रिय र क्षेत्रीय हित विपरित काम गर्छ, तबसम्म हामी कसैसँग डराउने, हिचकिचाउने वा पछि हट्ने कुनै कारण छैन।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.