ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व संकलन
काठमाडौं:पछिल्लो २४ घण्टामा २ हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१,संकेत बत्ती उल्लङ्घनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी,‘लेन’अनुशासन पालना नगर्ने ७७,निषेधित क्षेत्रमा हर्न बजाउने ६१,कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२,एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५३८ जनालाई कारबाही गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !