आफैं अध्ययन गर्ने विद्यालयको बसले किच्दा बालिकाको मृत्यु, सहचालक पनि रहेनन्

आफैं अध्ययन गर्ने विद्यालयको बसले किच्दा बालिकाको मृत्यु, सहचालक पनि रहेनन्
सुन्नुहोस्

काठमाडौं : स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ। 

सिरहा लक्ष्मिपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडकखण्डमा पायोनियर एजुकेशन एकेडेमीको बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार लहान नगरपालिका-२२ का २५ वर्षीय सहचालक ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेबरसाइन नगरपालिका-८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी-२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो

आज अपराह्न सवा ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएर सहचालक र बालिकाको मृत्यु भएको हो। 

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ भने फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.