रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनहरुको प्रदर्शन

रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनहरुको प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : बिभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले रास्वपा कार्यालय बनस्थलीमा प्रदर्शन गरेका छन् । 

रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय बनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरुले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् । रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले सुरक्षाकर्मीहरुले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् । सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगर लगाएत बिभिन्न निकायहरुले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको उनीहरुको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.