अमेरिकी विश्वकप टोलीमा आधा आप्रवासी

लाइबेरियाका पूर्वराष्ट्रपतिका छोरा नै अमेरिकी राष्ट्रिय टोलीमा

अमेरिकी विश्वकप टोलीमा आधा आप्रवासी
सुन्नुहोस्

अमेरिका  : जारी फिफा विश्वकप २०२६ को आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय फुटबल टोलीमा लाइबेरियाका पूर्वराष्ट्रपतिका छोरासहित अधिकांश आप्रवासी पृष्ठभूमिका खेलाडी छन्। अमेरिकी फुटबल महासंघका अनुसार २६ सदस्यीय विश्वकप टोलीमा १३ जना खेलाडी दोहोरो राष्ट्रियता र आप्रवासी परिवारबाट सम्बन्धित छन्। अर्थात् अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नियमानुसार उनीहरू अमेरिकाबाहेक अर्को देशको राष्ट्रिय टोलीबाट पनि खेल्न योग्य हुन्। तर, उनीहरूले अमेरिकालाई रोजेका छन्।

अमेरिका विश्वभरबाट आएका आप्रवासीहरूको देश भएकाले राष्ट्रिय टोलीमा पनि युरोप, अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रसँग पारिवारिक सम्बन्ध भएका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको छ। अमेरिकी फुटबल स्काउटिङ विभागका अधिकारीहरूले अमेरिकी फुटबल टोलीमा करिब ६५ प्रतिशत हिस्सा दोहोरो वा बहुराष्ट्रिय पृष्ठभूमिका खेलाडीको रहेको बताएका छन्। 

फुटबल विश्लेषकहरूका अनुसार  विभिन्न संस्कृति, भाषा र फुटबल शैलीबाट आएका खेलाडीहरूले अमेरिकी टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाएका छन्। आधुनिक अमेरिकाको झल्को दिएको अमेरिकी टोलीमा टेक्सासदेखि क्यालिफोर्निया,न्युयोर्कदेखि फ्लोरिडासम्मका खेलाडी छन्, तर उनीहरूका पारिवारिक पृष्ठभूमि नाइजेरिया, लाइबेरिया, मेक्सिको, क्रोएसिया, जमैका, एल साल्भाडोर, जर्मनी र नेदरल्यान्ड्ससम्म फैलिएका छन्। विविधताले भरिएको टोली भएकैं कारण विश्वकपमा अमेरिकाको सफलतामा पनि महत्वपूर्ण योगदान पुगेको छ।

अमेरिकी टिमका फरवार्ड टिम वेआ लाइबेरियाका पूर्वराष्ट्रपति जर्ज वेआका छोरा हुन्। जर्ज विश्व प्रसिद्ध बालोन डी ओर  (१९९५ को ) जित्ने पहिलो अफ्रिकन फुटबलर पनि हुन्। जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरण प्रवेश सुनिश्चित गरिसकेको अमेरिकी पुरुष राष्ट्रिय फुटबल टोलीमा देखिएको यस प्रकारको विविधता अहिले निकैं चर्चाको विषय बनेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उनको नेतृत्वको प्रशासन आप्रवासीप्रति अनुदार देखिएको भन्दै आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रिय फुटबल टोलीभित्र आप्रवासी पृष्ठभूमिका आधा खेलाडी रहेपछि त्यसले राजनितिक रूपमा पनि चर्चा बटुलेको छ।अमेरिकी टोलीमा अमेरिकाभन्दा बाहिर जन्मिएकादेखि लिएर आप्रवासी परिवारका सन्तानको संख्या उच्च रहेको छ।

अमेरिकाभन्दा बाहिर जन्मिएका खेलाडी सेर्जिनो डेस्ट : अमेरिकी टोलीका भरपर्दा डिफेन्डर सर्जिनो नेदरल्यान्ड्समा जन्मिएका हुन्। उनका पिता सुरिनामबाट अमेरिका बसाई सरेका थिए। उनकी आमा नेदरल्यान्डसकी हुन्। सुरिनामी–अमेरिकी पिता र डच आमाबाट जन्मिएका सेर्जिनोका लागि दुई देशको विकल्प हुँदाहुँदै अमेरिकालाई रोजे। फुटबल क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका सेर्जिनोले अमेरिकाका लागि २०१९ मा डेब्यु गरेका थिए।

मालिक टिलम्यान : अमेरिकी टिमका भरपर्दा मिडफिल्डर टिलम्यान जर्मनीको न्युरेमबर्गमा जन्मिएका हुन्। अमेरिकी पिता र जर्मनेली आमाबाट जन्मिएका टिलम्यानले जर्मनको युवा टोलीबाट समेत प्रतिनिधित्व गरेका थिए। अन्तर्राष्ट्रिय सहभागिता भने अमेरिकाबाट गरे।

एन्टोनी रोबिन्सन : इङ्ल्यान्डको मिल्टन केन्समा जन्मिएका एन्टोनी रोबिन्सन अमेरिकी राष्ट्रिय टोलीका महत्वपूर्ण डिफेन्डर हुन्। सन् २०१८ मा अमेरिकाको सिनियर टोलीबाट डेब्यु गरेका रोबिन्सनका बुबा जमैकन मुलका अमेरिकी हुन्। उनले इङ्ल्यान्डको लिगमा फुलह्याम फुटबल क्लबवाट पनि खेलेका छन्।

अलेजान्ड्रो जेन्डेजास : अमरिकी टोलीका भरपर्दा फरवार्ड अलेजान्ड्रो मेक्सिकोमा जन्मिएका हुन्। मेक्सिकोका लागि समेत युवा र सिनियर टोलीबाट सहभागिता जनाइसकेका उनले मेक्सिकोको क्लब अमेरिका र अमेरिकाको फुटबल  क्लब डालासबाट व्यावसायिक फुटबलमा सहभागिता जनाएका थिए। उनले २०१३ वाट अमेरिकी राष्ट्रिय  फुटबल टोली रोजेका हुन्।

जियोभानी अलेजान्ड्रो 

रेयना : अमेरिकाको राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य क्लाउडिओ रेयना र ड्यानियल इगल रेयनाका छोरा जियोभानीको जन्म इङ्ल्यान्डमा भएको हो। अमेरिकी फुटबल टोलीका मिडफिल्डर जियोभानीले जर्मनको बोरुसिया म्योनखेनग्लाडबाखबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। रेयना २०२२ को विश्वकपमा पनि सहभागि खेलाडी हुन्।

सेबास्टियन म्याथ्यु बर्हाल्टर : मिडफिल्डर सेबास्टियन को जन्म इङ्ल्यान्डको लन्डनमा भएको हो। अमेरिकी राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक  तथा  खेलाडी ग्रग बर्हाल्टरका छोरा सेबास्टियन भ्यानकुभर फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन्।  

त्यसैगरी टोलीमा आप्रवासी परिवारका सन्तान तथा बहुराष्ट्रिय पृष्ठभूमि भएका खेलाडीहरूको उपस्थिति पनि उत्तिकै रहेको छ। अमेरिकी टोलीका स्ट्राइकर फोलारिन जोला ओलुवा जेरी बालोगुन नाइजेरियाली अभिभावकका सन्तान हुन् भने  टेक्सासको एल पासोमा जन्मिएका स्ट्राइकर रिकार्डो ड्यानियल पेपी अमेरिकी फुटबलमा मेक्सिकन–अमेरिकी पहिचान बोकेका खेलाडी हुन्। 

यस्तै मिडफिल्डर क्रिस्टियन रोल्डान अमेरिकी फुटबल टोलीमा आप्रवासी परिवारको प्रतिनिधि खेलाडी हुन्। ग्वाटेमाला र एल साल्भाडोर मूल भएको परिवारबाट आएका  उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो। उनका आमा बुबा ग्वाटेमाला र एल साल्भाडोर मूलका हुन्। 

युनुस मुसाह (घानाली मूल), जियानलुका बुसियो (इटालियन मूल), अमरिकी फुटबलका प्रमुख स्टार क्रिस्टियन पुलिसिकको पारिवारिक पृष्ठभूमि क्रोएसियन रहेको छ। अमेरिकाको राष्ट्रिय टोलीको कप्तान समेत रहेका  क्रिस्टियनको जन्म भने पेन्सेल्भेनियामा भएको हो।  त्यसैले, अमेरिकी टोलीलाई विविध समुदायको बहुसांस्कृतिक अमेरिकी राष्ट्रिय फुटबल टोलीमा रूपमा हेरिएको छ। 

अमेरिकामै जन्मिएका खेलाडी वेस्टन म्याककेनी मिडफिल्डर टेक्ससका हुन , ब्रेन्डन एरोन्सन (फर्वाड) न्यू जर्सीका हुन्। टायलर एडम्स (डिफेन्सिभ मिडफिल्डर ) न्युयोर्कका, जोश सार्जेन्ट (फर्वार्ड) मिजौरी, क्रिस रिचड्र्स (डिफेन्डर र सेन्टर ब्याक ) अलाबामा र जियानलुका बुसियो (मिडफिल्डर) नर्थ क्यारोलिनाका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.