गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छित, वीरगञ्जका सबै विद्यालय दुई दिन बिदा

गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छित, वीरगञ्जका सबै विद्यालय दुई दिन बिदा
सुन्नुहोस्

वीरगन्ज : तराई–मधेसमा केहि सातायता गर्मी अत्याधिक बढ्दै गएपछि पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले असार ११ र १२ गते (बिहीबार र शुक्रबार ) गरी दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

बुधबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेलले सार्वजनिक सुचना जारी गर्दै हाल अत्याधिक बढेको गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै असार ११ र १२ गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएका छन् ।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आइरहेका थिए । पर्सा, बारालगायत मध्यतराईका जिल्लाहरुमा गर्मी अत्याधिक बढ्दा विशेष गरी बालबालिका, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेलाका चालक, गृहिणी महिलाहरु सबैभन्दा बढी समस्यामा परेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.