मानवअधिकार रक्षाका लागि कडा कानून आवश्यक : अध्यक्ष मगर

मानवअधिकार रक्षाका लागि कडा कानून आवश्यक : अध्यक्ष मगर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यावसायिक क्षेत्रलाई मानव अधिकार तथा उपभोक्ता अधिकारप्रति उत्तरदायी बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । 

आयोगले बुधबार काठमाडौंमा आयोजना गरेको व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय संवादमा अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा नागरिकको हकअधिकारको रक्षा हुनुपर्ने भन्दै यसका लािग जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

व्यवसाय, व्यावसायिक गतिविधिसँग सम्बन्धित वातावरण संरक्षण तथा आदिवासी समुदायका अधिकारप्रति सचेतना अभिवृद्धिका लागि सम्बन्धित निकायलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ । उनले मानवअधिकारको रक्षाका लागि कडा कानून आवश्यक रहेको बताए ।

कार्यक्रममा आयोगले व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजनाका विषयमा संघ, प्रदेश र ७५३ स्थानीय तहबाट आयोगले अनुमगन गरी प्रतिवेदन तयार गरिरहेको जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.