सुर्खेतबाट पक्राउ परेका पौडेललाई शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लगियो
काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा पक्राउ परेका एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री विष्णुप्रसाद पौडेललाई ललितपुर ल्याइएको छ। सोमबार प्रहरीले उनलाई पक्राउ गरेर आज बिहान माइक्रोबाट ललितपुरमा ल्याइएको हो।
पूर्व उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका पौडेललाई अहिले ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लगिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउपछि उनलाई तत्काल काठमाडौं लैजाने तयारी गरिए पनि सुर्खेतबाट साँझको समयमा काठमाडौंका लागि सीधा हवाई सेवा उपलब्ध नभएकाले सडकमार्ग हुँदै नेपालगन्ज पठाइएको बताइएको छ। पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस !