रास्वपा महाधिवेशन : बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। चितवनमा जारी महाधिवेशनको बन्दसत्र रास्वपाका दिउँसो २ बजेबाट सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

महामन्त्री बुर्लाकोटीले बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, दिउँसो २ : ३० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

यसैगरी ३ बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने, ३ : ४५ बजे पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव गर्ने र अनुमोदन गरिने छ।  

महामन्त्री बुर्लाकोटीले  अपरान्ह ४ : ४५ मा उपसभापति स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले दिउँसो ५: १५ राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले ६ : ३५ बजे अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको जानकारी दिए। त्यसपश्चात निर्वाचन आयोगका कामकारबाही अगाडि बढाउने छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.