मन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, १४ जना घाइते
काठमाडौं : कैलालीमा अटो दुर्घटना हुँदा चालकसहित १४ जना बालबालिका घाइते भएका छन् । मंगलबार बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो गोदावरी नगरपालिका-२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका-०१ बस्ने ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका हुन् ।
घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !