नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवस २०२६ मनायो

नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवस २०२६ मनायो

नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ। बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्धि सम्बन्धी गतिविधिहरूमा सहभागिता जनाएका थिए। 

उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको छ। कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ। 

काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो।

बैंकले यस किसिमको पहलबाट कर्मचारीहरुको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुर्‍याउने विश्वास लिएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.