नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकको रूपमा हिमस्टार
सुन्नुहोस्

नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि विश्वसनीय नाम रहेको हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि सहप्रायोजक बनेको छ। हिमस्टारले फिफा विश्वकप २०२६ को टिभी प्रसारणका लागि हिमालय स्पोर्टस् टिभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको छ।

कम्पनीका अनुसार,’संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु गर्वको क्षण हो। यस अवसरलाई विशेष बनाउँदै हिमस्टारले विश्वकप २०२६ को उपलक्ष्यमा आकर्षक अफर पनि सार्वजनिक गरेको छ। 

हिमस्टारको ४३ इन्च अल्ट्रा एचडी वा सो भन्दा माथिका टिभी खरिद गर्दा ग्राहकहरूले ३२% सम्मको क्यासब्याक, विश्वकप २०२६ को लाइभ टिभी सिजन पास तथा १ वर्षको नेट टिभी प्याकेज प्राप्त गर्न सक्नेछन्। यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्च सर्वोत्कृष्ट स्क्रिनमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ।

हिमस्टार इलेक्ट्रोनिक्स नेपाली बजारमा गुणस्तरीय होम एप्लायन्सेस तथा टिभीका लागि विश्वसनीय ब्रान्डको रूपमा स्थापित छ। यस सहकार्यले ब्रान्डलाई देशभरका खेलप्रेमी उपभोक्ताहरूसँग अझ सशक्त रूपमा जोड्ने अपेक्षा राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.