ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

रौतहट : गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।

बिहीबार दिउँसो गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गढीमाई नगरपालिका–४ सुन्दरपुरका ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याई प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो।

तर, वीरगन्ज लैजाने क्रममा दिउँसो करिब १:४५ बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.