३० हजार साउदी रियाल लिएर दुबई उड्न लागेका मगर विमानस्थलमा पक्राउ

३० हजार साउदी रियाल लिएर दुबई उड्न लागेका मगर विमानस्थलमा पक्राउ

काठमाडौं : ३० हजार साउदी रियाल लिएर दुबई जान लागेका युवक विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-१० घर भएका १९ वर्षीय समिर बहादुर मगर रहेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउदी रियाल ३० हजार उनलाई प्रहरीले पक्राउ गरेको हो। 

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त साउदी रियाल फेला पारी पक्राउ गरेको हो।  

उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.