खाडलमा डुबेर बालकको मृत्यु
रौतहट : रौतहटको बौधीमाइ नगरपालिका–६ स्थित बलबान इटा उद्योगमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ।
सोमबार दिउँसो खाल्डोमा डुबेर स्थानीय पिपरिया गाउँका दीपेन्द्र यादवका १० वर्षीय छोरा सुप्रित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !