स्मार्ट बन्दै ललितपुर महानगरपालिका : जरिवाना तिर्न ‘ई-चलान’
ललितपुर : ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरि ‘ई-चलान’ प्रणालीको शुभारम्भ गरेको छ ।महानगरभित्र जथाभाबी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाँच्ने लगायतका काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरि ई - चलान प्रणालीको शुभारम्भ गरेको हो ।
महानगरले बर्जित गरेका कामहरुको जरिवाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरि क्युआर कोडसहितको ई - चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानगरलाई डिजिटल रुपमा सेवा मैत्री बनाउने उदेश्यका साथै ई - चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ ।
ई - चलान सुरु भएसँगै अब जरिवाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए ।
प्रतिक्रिया दिनुहोस !