कांग्रेसभित्र निरंकुशता सुरू भयो : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन्। लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापना भएको पार्टीभित्र निरंकुशता सुरू भएको उनको भनाइ छ।
कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बिपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए। नेपाली कांग्रेस अब बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो।
कोइरालाले भने, 'नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बीचमा सहकार्य र एकता जरुरी छ।' विराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफूले राखेका पाँचवटा कुरा स्वीकारेको बताउँदै उनले भने, 'सहमति गर्न अहिले के कुराले रोक्यो?'
प्रतिक्रिया दिनुहोस !