वर्तमान सरकार धेरै टिक्दैन, सत्य बोल्नेलाई अराजक भनिन्छ : दुर्गा प्रसाई

वर्तमान सरकार धेरै टिक्दैन, सत्य बोल्नेलाई अराजक भनिन्छ : दुर्गा प्रसाई

काठमाडौं : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् । 

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेण्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरे । राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सीमित भएको उनको भनाइ छ ।

सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उनले आफू सत्य बोल्न नडराउने र देश तथा जनताको लागि जस्तोसुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पारे । वर्तमान व्यवस्थाले गरिबमाथि प्रहार गरेको, सहकारी पीडितलाई न्याय नदिएको र किसानले दूधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने दावी समेत गरे । 

त्यस्तै कार्यक्रममा बोल्दै नेता धवल शमशेरले मुलुकमा मजबुत राष्ट्रवादी शक्तिको खाँचो रहेको र त्यसलाई राप्रपाले पूरा गर्न नसकेका कारण नयाँ शक्ति निर्माण गर्नुपरेको बताए । उनले राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नगरी देशले निकास नपाउने भन्दै सबै राजावादी, राष्ट्रवादी र हिन्दुवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान समेत गरे ।
 
उनले निकट भविष्यमै पार्टीको नाम, झण्डा र चुनाव चिन्ह टुंगो लगाएर सात वटै प्रदेश, ७७ वटै जिल्ला र सबै स्थानीय तहमा संगठन विस्तार गरिने जानकारी दिए । आफूहरूको मिलन कुनै लोभ र लालचका लागि नभई देशलाई निकास दिनका लागि भएको शमशेरको दावी छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.