परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार राति नै चीन उडे

परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार राति नै चीन उडे
सुन्नुहोस्

काठमाडौं :  परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार राति क्याथे प्यासिफिक एयरवेजको जहाजबाट हङकङ हुँदै बेइजिङ प्रस्थान गरेका छन्।

चार दिवसीय भ्रमणका लागि चीनतर्फ लागेका मन्त्री खनालको साथमा सहसचिव भृगु ढुङ्गाना, उपसचिवहरू हिमाल अर्याल, गङ्गा सुन्दास र मधुसूदन भट्टराईसमेत रहेकाे  परराष्ट्र मन्त्रालय स्रोत जनाएकाे छ। खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन्। चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यी लगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।

यसका साथै मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने र चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ। मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने तालिका छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हो। रास्वपाको सरकार बनेपछि चीनले आफ्ना परियोजनाहरू कसरी अगाडि बढ्छन् भनेर चासो र संशयका साथ हेरिरहेका बेला परराष्ट्रमन्त्री खनालको यो भ्रमण हुन लागेको हो।

चिनियाँ महत्त्वाकाङ्क्षी परियोजना बीआरआई  कार्यान्वयनको फ्रेमवर्कमा हस्ताक्षर भए पनि अहिलेसम्म यो व्यवहारमा लागू हुन सकिरहेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा गत वर्ष बेइजिङमा दुई मुलुकबिच बीआरआई कार्यान्वयन सम्बन्धी फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। चीन बीआरआई चाँडो कार्यान्वयन होस् भन्ने पक्षमा छ, तर भूराजनीतिक जटिलताका कारण लामो समयदेखि यो परियोजना अगाडि बढ्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.