रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय निर्वाचित
भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार, उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत प्राप्त गरेको निर्वाचित समितिले जनाएको छ।
त्यस्तै उपसभापति पदमा दुर्गाप्रसाद अर्याल २३८ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गरिन् ।
सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरेका थिए। यस्तै, सहसचिव पदमा बाबुराम अर्याल २७९ मतसहित विजयी हुँदा प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गरे।
कार्यसमिति सदस्यतर्फ शर्मिला आचार्य ३२२ मत, अनिता पन्थी २७७ मत, राजबहादुर क्षेत्री २४० मत, रामनाथ हरिजन १७२ मत र जमुना सापकोटा १६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचित समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार, रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका संयोजक समेत चयन भएका छन्। क्षेत्र नं. १ को संयोजकमा मा खडानन्द पौडेल, क्षेत्र नं. २ मा विष्णुप्रसाद पौडेल, क्षेत्र नं. ३ मा छविलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा र क्षेत्र नं. ५ मा शेषकान्त गैरे (समिर) संयोजकमा निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस !