खाली चेक दिँदै हुनुहुन्छ ? ब्याज तिर्नुपर्ला नि !

खाली चेक दिँदै हुनुहुन्छ ? ब्याज तिर्नुपर्ला नि !
सुन्नुहोस्

काठमाडौं : तपाईंले कसैलाई रकम दिन खाली चेक (ब्ल्याङक चेक) मा हस्ताक्षर गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस्, यदि खातामा पर्याप्त मौज्दात छैन भने चेकको रकमसहित ब्याज पनि तिर्नुपर्ने हुन्छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको फैसलाले बैंकिङ कारोबार गर्ने हरेक नागरिकलाई सजग गराएको छ। सर्वोच्चले चेक अनादर भएमा चेकमा उल्लेखित रुपैयाँ मात्र होइन ब्याजसमेत तिर्नुपर्ने फैसला गरेको छ। उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै सर्वोच्चबाट भएको फैसलाले बैंकिङ कारोबारीहरूलाई पाठ सिकाएको छ। शकुन्तला खड्का र संगीता थापाबीचको चेक अनादरसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ।

कथा ढुकुटीको, तनाब चेकको

काठमाडौंकी शकुन्तला र गोरखा घर भई काठमाडौं बस्दै आएकी संगीताबीचको चेक अनादरको कानुनी लडाइँ एक दशकपछि टुंगिएको छ।

२०७४ सालमा काठमाडौं जिल्ला अदालत हुँदै उच्चमा पुगेको यो मुद्दा अन्ततः सर्वोच्च अदालतमा आएर टुंगिएको हो। संगीताले शकुन्तलालाई चेक बराबरको ९ लाख रुपैयाँ मात्र होइन, त्यसको सयकडा १० प्रतिशतका दरले हुन आउने ब्याजसमेत तिर्नुपर्ने भएको छ। संगीताले शकुन्तलाबाट तमसुक गरी रकम लिएको र आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी उक्त रकम भुक्तानी गर्नका लागि चेक काटी दिएकी थिइन्।

संगीता र शकुन्तलासहितका साथीहरू मिलेर ढुकुटी खेल्थे। संगीताका अनुसार उनले ६ लाख रुपैयाँ जम्मा गरेकी थिइन्। तर, शकुन्तलाले १५ लाखको दाबी गरिन्। यसैबीच, ढुकुटीका अन्य साथीहरू धोका दिएर भागे। संगीतामाथि शकुन्तलाको रकम तिर्नुपर्ने नैतिक र व्यावहारिक दबाब प¥यो। यही दबाबका बीच संगीताले चेक काटिन्। जसले उनलाई अदालतको ढोकासम्म पु‍¥यायो। सिटिजन्स बैंक र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका दुईवटा खाली चेक काटेर शकुन्तलालाई दिइन्। चेकमा ४ लाख र ५ लाख रकमका हस्ताक्षरसहितका चेक थियो। तर, मिति खाली थियो।

‘चेक भन्नाले माग्नासाथ अनुमति दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमयपत्र सम्झनुपर्छ भन्ने परिभाषाको रोहमा हेर्दा प्रतिवादी संगीता थापाले शकुन्तलालाई रकम भुक्तानी गर्ने अभिप्रायले आफ्नो नामको बैंक खाताबाट रकम भुक्तानी गर्नका लागि चेक काटी दिएको र उक्त चेकमा उल्लेखित रकम भुक्तानी हुन नसकी चेक अनादर भएको अवस्थामा चेक अनादर हुने तर रकम भुक्तानी गर्नु नपर्ने भन्ने व्याख्या विनिमय अधिकारपत्रको परिभाषाभित्र पर्ने हुँदैन,’फैसलामा भनिएको छ। ‘खातामा रकम रकम मौज्दात नभएको कारणले खिचिएको चेक अनादर भएको अवस्थामा धारकले रकम भराई लिन पाउने र चेक खिच्ने व्यक्तिलाई सजाय समेत गरिने उक्त कानुनी व्यवस्था अनुकूलको व्याख्या हो। अतः प्रतिवादीबाट वादीले रकम भराई लिन नपाउने गरी उच्च अदालत पाटनबाट भएको फैसला कानून अनुकूल देखिन आएन।’

विनियम अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) मा बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र पर्याप्त निक्षेप नभएको कारणबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

सर्वोच्चले चेकमा उल्लेखित रकम र कानुनबमोजिमको ब्याजसमेत भराई लिन पाउने ठहर गरेको छ। उच्च अदालत पाटनको फैसला उल्टी चेकमा उल्लेखित रकम ९ लाख रुपैयाँ र सोको सयकडा १० प्रतिशतका दरले हुन आउने रकम संगीता थापाबाट भराई पाउने ठहर गरी फैसला गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.